Trending :
 

उपत्यकामा ३५ हजार अति विपन्न परिवारले १० हजार पाउने

कार्तिक २३,२०७८

-आस्था न्यूज

कार्तिक २३,२०७८ काठमाडौं ।
 
अति विपन्न परिवारको सूचीमा रहेका काठमाडौं, ललितपुर र भक्तपुरका ३५ हजार परिवारले प्रतिपरिवार १० हजार रुपियाँ पाउने भएका छन् ।
 
कोरोना महामारीबाट थलिएका अति विपन्न परिवारलाई राहत उपलब्ध गराउने योजनाअनुसार सरकारले जारी गरेको ‘कोभिड-१९ को महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि’ अन्तर्गत उपत्यकाका २० स्थानीय तहका परिवारले यो सहयोग पाउने भएका हुन् ।
 
रकम पाउने योग्य परिवारको संख्या काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी छ । कामपामा मात्रै १६ हजार २ सय ७० परिवार अतिविपन्नमा सूचीकृत छन् । तथ्याङ्कअनुसार उपत्यकामा दुई महानगर र दुई गाउँपालिकासहित २० नगरपालिकामा ३४ हजार ९ सय ९३ अतिविपन्न परिवारले राहत पाउनेछन् ।
 
 
नगरपालिकामध्ये शंकरापुरमा ६ सय ६४, कागेश्वरीमा १ हजार ५४, गोकर्णेश्वरमा १ हजार ६ सय ४९, बूढानीलकण्ठमा १ हजार ४ सय ३२, टोखामा १ हजार ५ सय ६९, तारकेश्वरमा १ हजार १ सय ३०, नागार्जुनमा १ हजार ४ सय १६, कीर्तिपुरमा १ हजार ४, चन्द्रागिरिमा १ हजार ३ सय १ र दक्षिणकालीमा ३ सय ५२ अतिविपन्न परिवार सूचीकृत छन् ।
 
आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।