स्थगित भएको फाइजर खोप अभियान केही दिनभित्र सुरु हुने

पौष १५,२०७८

-आस्था न्यूज

पुस १५, २०७८ काठमाडौं ।
 
सरकारले १० दिनभित्र १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाउने भएको छ ।
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रेस बिफ्रिङमा मन्त्रालयका सचिव डा. रोशन पोखरेल १० दिनभित्र काठमाडौंसहित आठ जिल्लामा १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप दिने जानकारी दिनुभयो हो ।
 
यसअघि मन्त्रालयले सूचना जारी गर्दै पुस १३ गतेदेखि सुरु गर्ने भनेको फाइजर खोप अभियान तत्कालका लागि स्थगित गरेको जानकारी दिएको थियो । मन्त्रालयले खोपको लागि आवश्यक पर्ने घोलक र फाइजर खोपलाई चाहिँन सिरिन्जको अभावले केही दिनको लागि खोप अभियान स्थगित गरेको थियो ।
 
सचिव पोखरेलले फाइजर खोपको लागि आवश्यक पर्ने घोलक आइसकेको बताउनुभयो । साथै फाइजर खोपलाई चाहिँन सिरिन्ज जनवरी ४ अर्थात् पुस २० गतेसम्म आइपुग्ने अनुमान रहेको उहाँले बताउनुभयो ।
 
फाइजर खोप अभियानको लागि फाइजर कम्पनिले बनाएको ०।३३ एमएमको सिरिन्ज आवश्यक पर्छ । खोप अभियानको लागि छ लाख ६४ हजार ६५० मात्रा फाइजर खोप आइसकेको छ ।