Trending :
 

कम्युनिस्ट पार्टीका नेताहरुभित्र जागेको घमण्ड र अहंकारको भोक

माघ ०९,२०७८

मुकुन्द न्यौपाने



माघ ९, २०७८ काठमाडौं ।
कम्युनिस्ट पार्टीको संगठन नत वस्तुगत परिस्थिको सिमालाई नाघेर पर जान सक्छ नत उदेश्यबाट टाढा भाग्न नै सक्छ। पार्टी संगठन निर्माणको प्रस्न कार्यनीतिक प्रश्नसंग घनिष्ठ रुपले जोडिएको तर रणनीतिसंग घनिष्ठ रुपले सम्वन्ध राख्ने प्रश्न हो। जहाँसम्म परिस्थितिको सवाल छ यो कार्यनीतिको सवाल हो।
 
परिस्थिति निरन्तर फेरिन्छ र विकसित हुन्छ त्यसैगरी फेरिएको परिस्थितिमा कार्यनीति पनि फेरिन्छ। संघर्षको परिस्थितिमा आएको हेरफेरले सँघर्षको स्व रुपमा पनि परिवर्तन हुन्छ। निरन्तर गति निरन्तर परिवर्तन द्धन्दवादको यो सार्वभौमिक नियमलाई बुझ्न र त्यसलाई ब्यवहारमा समन्वय गर्न सकेन भने न त्यो कम्युनिस्ट पार्टीरहन्छ न त्यसले परिवर्तनको मार्गलाई प्रसस्त गर्न नै सक्छ ।
 
द्वन्द्ववादको एउटा नियम के छ भने सामान्य परिस्थितिले जहिले सुकैपनि आफुलाई विशिस्ट रुपमा अगाडी सार्छ। यसो हुदैनथ्यो भने सामान्यको पनि अस्तित्व हुदैनथ्यो। परिस्थितिको परिवर्तनसँगै पार्टी संगठनका कार्यहरू पनि परिवर्तन हुन्छन् । सामान्य परिस्थितिको ब्याख्यामा हामी एउटै निचोडमा पुग्नसक्छौ तर अलअलग समय स्थानका अलगअलग परिस्थिति हुन्छन् र संघर्ष र कामका तरिका र रुपहरुपनि भिन्न भिन्न हुन्छन् ।
 
विगत एमालेको नेत्रृत्वले समय संगैआएको परिस्थितिको बदलावलाई बुझ्ननसक्ता विशिष्ट परिस्थितिलाई पनि सामान्य परिस्थितिकै नजरबाट हेर्न पुग्यो र पुरानै परिस्थितिबाट बिकशीत भएर आएका आफ्ना आदत बानी र सोच्ने तरिका र बिचार गर्ने तरिकालाई बदल्न सकेन जसको परिणाम दुईतिहाईको कम्युनिस्ट सरकार ढल्यो पार्टी भताभुङ्ग भयो ।
 
को माथि प्रहार गर्ने ? प्रहारको निसाना किटान नगर्ने बिषयपनि विशिष्ट परिस्थितिले नै तयगर्ने कुरा हो। लगातार बद्लिरहेको परिस्थितिको पहिचान गर्ने कुरा र बदलिएको परिस्थितिमा आफूलाई परिस्थिति अनुकूल ढाल्न सक्ने क्षमता एकजना कम्युनिस्ट नेतामा हुनुपर्ने गुणहुन्। यी गुणको अभाव भएको नेताले कम्युनिस्ट पार्टीमा न त जनवादी केन्द्रीयताको ढोका खोल्नसक्छ न पार्टीलाई एकढिक्का बनाएर लान सक्छ । 
 
कम्युनिष्ट पार्टीका संगठनहरुमा कार्यकर्तालाई बोल्ने पूर्ण अधिकार दिनुपर्छ नेताको मनोपोली र हुकुमी प्रणालीले कम्युनिस्ट बलियो हैन छिन्न भिन्न र जनताबाट अलग थलग हुन्छ । कम्युनिस्ट पार्टी भित्र माथिल्लो कमिटी देखी तल्ला कमिटीहरुमा लागू गरिने जनवादी केन्द्रियताको मतलब अनौपचारिक र यान्त्रिक केन्द्रीयता हैन यो कम्युनिस्ट पार्टीले गर्ने कामको केन्द्रीकरण हो।
 
जनवाद बिनाको केन्द्रीयता भनेको सत्ताको नौकरशाहको हातको केन्द्रीयता जस्तै हो।कम्युनिस्ट पार्टी लोकतान्त्रिक विधि र पद्ध तिबाट चलेको श्रमजीवी जनताको पार्टी बन्नुपर्छ ओैपचारिक केन्द्रीयता जस्तो नौकरशाहको हातमारहेको शत्ताको केन्द्रीयता जस्तो हैन।
 
जुन आज एमालेमा रहेकोछ। पार्टीभित्र नेतृत्ब एक लौटी कब्जागर्ने होड या कमिटीमा आफ्नो एक लौटी वर्चस्व राख्न गरिनेटकराव जनवादीकेन्द्रि यताको सिद्धान्तको मार्क्सवादी वीधि पद्धति बिपरित कुराहुन्। संगठन भित्र नाम मात्रको ओै पचारिक लोकतन्त्रले नत पार्टीभित्र जमेर बसे को नौकरशाहको निरंकुश प्रवृत्तिलाई अन्त्यगर्न सक्छ नत अराजकताको प्रवितिलाइ नै।
 
त्यसैले सँगठन भित्रको लोकतन्त्र र एकताबद्ध केन्द्री कृत नेतृत्व त्योबेलासम्म तयार हुदैन जबसम्म त्यो पार्टीमा देखावटी जनवादको अन्त्य हुदैन। देखावटी जनवादको उदारणीय पार्टी आजपनि एमाले सबैको साम्नेछ र जहां कमिटीको सामुहिक निर्णयबाट हैन प्रमुख नेताको एकल निर्णयमा सवै फैसला हुन्छ ।
 
पार्टी कमिटीहरुको व्यवस्था किन गरिन्छ ? 
कम्युनिष्ट पार्टीभित्र कमिटीहरुको ब्यवस्था सवैभन्दा महत्त्वपूर्ण ब्यवस्था हो। जसद्धारा सामुहिक नेतृत्वको ज्ञारेन्टी गरिन्छ र कमिटी भित्र एक ब्यक्ति हालीमुहालीको अन्त्य गरिन्छ। तर आजका नेपालका कम्युनिस्ट पार्टीहरुको अबस्था खासगरि केही महिना अघिमात्र हामीले यस्तै प्रवृत्तिसंग विद्रोह गरेको एमाले भित्र हेर्ने हो भने लोकतन्त्र र जनवादको मामिलामा त्यो भित्र दयनीय अबस्था देखिन्छ ।
 
पार्टी भन्ने बित्तिकै त्यसले पार्टीका कमिटीहरु लाई जनाउँछ । पार्टी भित्र कमिटी ब्यवस्था पार्टीको सबैभन्दा महत्त्वपूर्ण ब्यवस्था हो। पार्टी भित्र कमिटीहरुको ब्यवस्था गर्नुको खास अर्थ हो सामुहिक नेतृत्वको ज्ञारेन्टी गर्नु कमिटीमा एउटा व्यक्ति हालीमुहालीको अन्त्य गर्नु। तर आजका नेपालका राजनीतिक पार्टीहरुको कमिटी प्रणाली विधि र पद्धतिलाई माक्र्सवादी पार्टी निर्माणको बिधि पद्धतिको नजरबाट हेर्ने हने लथालिङ्ग र दयनीय अबस्था देखिन्छ ।
 
कतिपय पार्टीहरुमा सामुहिक नेतृत्व प्रणाली यति कम्जोर भएर गएछ कि एकजना मान्छेले आफुलाई पार्टी कमिटी भन्दा माथि राख्ने समुहलाई आफूभन्दा तलको तल ठान्ने राष्ट्रिय महत्वका निर्णयहरु पनि एक्लै कमिटीका सदस्यहरुले पत्रिकाबाट थाहा पाउनु पर्ने जसकोकारण आज पार्टीका कमिटीर पार्टी कमिटीका सदस्यहरु अपांगजस्तै भएका छन्।
 
पार्टीका कमिटीहरु छन् विगतमा पार्टी कमिटिहरु साना छरिता र कामकाजी हुन्थे। दिउँसो मेहनत गर्थे साझमा जनताको घरमा गएर राजनीतिक पाठ पढाउथे आज कमिटीको बैठक बस्न हल खोज्नु तिन चार सय सदस्य रहेका कमिटी छन्। सबै सदस्य उपस्थित भएभने बस्ने ठाउँको व्वस्थापन हुदैन । चिया खाजा जोरजाम कस्ले गर्ने ? जुन पार्टीको दलाल पुजीपति बर्ग र माफियाहरुसंग बलियो सम्बन्ध छ तिनीहरूले भोज भतेरमा बैठक चलाएका छन् ताम झाम देखाएका छन्। हुने र नहुने दुवै खाले पार्टीको कमिटीको राजनीतिक वैचारिक हालत उस्तै उस्तै छ।
 
पैसा धेरै जम्मागर्ने नेतृत्वले कार्यकर्तालाई भोजमा झुलाएको छ भने पैसा नहुनेले थोरैलाई मात्र मैदानमा कुदाएको छ। दुबैका पार्टी कमिटी र सदस्यहरु जनताको बीचमा गहनरुपले जान सकेका छैनन्। माफियाको पैसाबाट चल्नेले जनतालाई गन्दै गन्दैन माफियाबाट अलग रहेको पार्टीको कार्यकर्ताले आफ्ना समस्या बिगतमा जस्तो जनताको बीचमा गएर भन्दै भन्दैन्। यस्तो स्थितिमा कसरी जनता सचेत भएर परिवर्तनको बाटोमा आउँछन् । 
 
यस्तो अबस्थालाई सुधार कसरी गर्ने ?
 
क. पार्टी कमिटीहरुको मिटिङ्को ब्यवस्थापन लाई सुदृढ बनाउनुपर्छ। कमिटीमा सदस्यहरुको उपस्थितिलाई अनिवार्य बनाउनु पर्छ। विधान सम्मत ढंगले सदस्यहरुलाई चल्न प्रेरित गर्नुपर्छ र माफियाहरुसँग आर्थिक लेनदेन गरेर पार्टी चलाउने गलत प्रवृत्तिको बिरुद्ध जनताई जगाउनुपर्छ। जनतामाथि भरोसागर्ने जनताबाट लिएर जनता लाई दिने जननीतिको अबलम्बन गर्नुपर्छ।
 
ख .सानादेखि लिएर राष्ट्रिय महत्त्वका सबै प्रस्नहरु छलफल र बहसको लागि कमिटीको बैठकमा पेस गर्नुपर्छ । कमिटीमा सबै सदस्यहरुले राय पेस गर्नुपर्छ। सर्वसम्मत भए एकमतले र सर्वसम्मत नभए बहुमतले निर्णय गर्नुपर्छ। निर्णयमा संकटकालिन अवस्थामा बाहेक एक ब्यक्तिलाई निर्णयगर्ने अधिकार दिएर कमिटीको सामुहिक निर्णयको कार्यशैलीलाई धरापमा पार्ने वातावरण तयार पार्नु हुदैन ।
 
 
ग. तर बिगतमा खासगरी २०७४को एमाले माओवादी एकीकरण पछि जब केपी प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैपदमा आसिन भए त्यसपछि उनले पार्टीकामलाई ओझेलमा पार्टी कमिटीका बैठकहरु नबस्ने सरकार र पार्टीले गर्नुपर्ने जनताका कामहरू बारे पार्टीमा छलफलनै नगर्ने जस्ता पार्टीका विधान विधि विपरीत काम गर्नथाले। बिधानमा ब्यवस्था भएको तीन तीन महिनामा स्थायीकमिटीको बैठक र६/६मैह्नामा केन्द्रीय कमिटीको बैठक बस्ने प्रावधानलाई जबर्जस्ती मिचेर स्थायी समितिको १८महिना र केन्द्रीय कमिटीको बैठक दुई बर्स सम्मपनि बोलाउन तयार भएनन्।
 
घ. पार्टी कमिटीको ब्यवस्था पार्टीको सबैभन्दा महत्त्वपूर्ण ब्यवस्था हो। यो ब्यवस्था बाटनै पार्टी भित्र सामुहिक नेतृत्वको प्रणाली लागू गरिन्छ र पार्टीभित्र नेताहरूको निरंकुश स्वेच्छाचारी प्रवितिमाथि अँकुश लगाईन्छ। तर आजका नेपालका राजनीतिक पार्टीहरु भित्र सामुहिक नेतृत्वको लोकतान्त्रिक प्रणाली एकदमै फितलो छ र माथिल्लो पदमा रहेका नेताहरूको एक्लै निर्णयग र्ने बानीले पार्टी भित्रको जनवाद उठ्नै नसक्ने गरि कोमामा पुगेको छ र कमिटीका सदस्यहरु नाम मात्रका भएका छन्।
 
ङ. कम्युनिस्ट पार्टीका कमिटीहरुमा केन्द्रीयताको मतलव जनवादबाट अलग अनौपचारिक र यान्त्रिक केन्द्रीययता हैन यो कम्युनिस्ट कार्यमा जनवाद र केन्द्रीयताको सम्मिश्रणहो। ओैपचारिक केन्द्रीयता भनेको नौकर शाहीको हातमा शत्ताको केन्द्रिकरण जस्तै हो। 
 
च. अहंकार र घमण्डबाट मुक्तहुनु । नेपाल एउटा सामन्ती सँस्कृतिको वाहुल्यता भएको निम्न पुजिपति वर्गको बोलवाला भएको मुलुकहो। सामान्तवादले जन्माएका बिकृत सँस्कृतिको संरक्षक बनेर सन्त महन्तको भेषमा महात्मा बनेर विधवा अनाथ र अज्ञानताको सिकार भएका जनतालाई मठमन्दिरमा शोषण गरेर आफुलाई ईश्वरको अवतार बताउने ठग तथाकथित सन्तहरुको नक्कल गर्न नेपालका नेताहरू पछि परेका छैनन् । मार्क्सवादको वैज्ञानिक भौतिकवादलाइ तिलान्जली दिएर दन्त्यकथाका राम र काल्पनिक बाँदर हनुमानको मुर्ति करोडौरुपैया खर्च गरेर बनाउने अनि जनतालाई भजन किर्तन गर्न सडकमा र्‍याली निकाल्न लगाउने कस्ता मार्क्सवादी पार्टीका नेता हुन्।
 
छ. कम्युनिस्ट पार्टीमा लागेका नेता कार्यकर्ताहरुको मार्क्सवादले सामाजिक मूल्य र माण्यताका केही पालना गर्नुपर्ने मापदण्ड बनाएको छ। मार्क्स र लेनिनको नाम जोडेर पार्टीको सयन वोर्ड राख्ने काम मार्क्स र लेनिनको निरन्तर बदनाम गर्ने प्रवृत्ति देखेर नै यस्ता शैली आचरणका मापदण्ड वने।
 
ज. ती मापदण्ड के हुन त? कम्युनिस्टपार्टी मार्क्सवादी द्धन्दात्मक भौतिकवादी दर्शनबाट चल्नुपर्छ। कुनैपनि काल्पनिक कथाका मनगढन्ते भगवानका मुर्तिमा जनता भुलाएर भजन किर्तनबाट हैन। नक्कली भगवान र राजाका जन्मदिन मनाएर तामझाम गरेझैं कम्युनिस्ट पार्टीको नेताले आफ्नो जन्मदिन मनाउनु हुदैन। यसै सम्बन्धमा मार्क्सवादले कम्युनिस्ट पार्टीका नेताको जन्मदिन बारे उल्लेख गरेको कुरा हेरौ।     
 
पार्टी नेतालाई आफ्नो जन्म दिवस मनाउने इजाजत छैन। यस्तै गरेर पार्टी नेताको नाममा कुनै स्थानमा संस्थाको नाम र शडक्को नाम राख्ने इजाजत  पार्टीले दिनुहुदैन। हामीले सादाजीवन र कठोर संघर्षको शैलीलाई निरन्तरता दिनुपर्छ चाप्लुसीर आफ्नो नामलाई बढाईचढाई प्रचार प्रसार गर्ने कुरालाई रोक लगाउनु पर्छ।
 
आज जो मदन भण्डारीको मुर्ति बनाउन कुदिरहेका छन्। तिनीहरूका हृदयमा मदन भण्डारी छैनन्। उनीहरू मदनको नाममा भविष्यमा आफ्ना मुर्ति खडागर्ने सपना बोकेर कुदिरहेका छन्। मदन्स सादा जीवनका धनी थिए। उनी जनतालाई मायाँ गर्थे जनताको गरिबी प्रति उनको हृदभित्र दयाको सागर थियोे ।हिल्यै पनि उनको आत्माले सोचेन मेरो मृत्यु पछि मेरो नाउँमा मुर्तिहरु बनाएर हाई हाई गर्दै पैसाको गुलछर्रा उडाउने छन् र गरिव जनताको पसिनाको मुल्यमाथि खेल वाड गर्नेछन् ।
 
लेखक न्यौपाने नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता हुन् ।