Trending :
 

काठमाडौँलगायत देशका विभिन्न ठाउँमा बर्डफ्लु देखिन थाल्यो

फाल्गुण १५,२०७८

-आस्था न्यूज

फागुन १५, २०७८ काठमाडौं ।
काठमाडौँलगायत देशका विभिन्न ठाउँमा बर्डफ्लु देखिन थालेपछि त्यसको नियन्त्रणका  लागि सरकारले  प्रयास गरिरहेको छ । पशु सेवा विभागमा शुक्रबार केन्द्रीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समितिको आकस्मिक बैठक बसेको थियो । 
 
सो बैठकले विभिन्न  ठाउँमा देखिएको बर्डफ्लु रोगलाई कसरी नियन्त्रण गर्ने तथा विज्ञ कसरी परिचालन बारेमा निर्णय गरेको विभागका महानिर्देशक डा। लेखराज दाहालले जानकारी दिए ।
 
विभिन्न ठाउँबाट आएको नमुना परीक्षण गर्दा सिन्धुपाल्चोक, कास्की, उदयपुर र  लमजङमा बर्डफ्लु भएको पुष्टि भएको छ । समितिले  सङ्क्रमण  देखिएको ठाउँमा  तत्कालै आकस्मिक रोग अन्वेषण कार्यदललाई पठाउने निर्णय  भएको विभागका  प्रवक्ता डा. चन्द्र ढकालले बताए ।
 
बर्डफ्लु रोग नियन्त्रण नियमावलीअनुसार त्यसको नियन्त्रण गर्ने उनले बताए । विभागका प्रवक्ता ढकालका अनुसार कास्की, लम्जुङ, सिन्धुपाल्चोक, उदयपुरलगायत  बर्डफ्लु  रोगको  आशङ्का  भएको ठाउँबाट नमुना सङ्कलन गरी केन्द्रीय प्रयोगशालामा पठाइएको थियो । त्यहाँ  नमुना  परीक्षण  हुँदा  बर्डफ्लु  देखिएपछि  समितिको  बैठक बसेको थियो ।
 
बिहीबार  चितवनमा  बर्डफ्लु  फेला  परेको  थियो  भने त्यसअघि मोरङ र त्यसपछि काठमाडौँको दुई–तीन ठाउँमा बर्डफ्लु रोग देखिएको थियो । त्यसलाई चार किल्ला कायम गरी नियन्त्रणमा लिने काम भएको उनले बताए ।  गोरखापत्र दैनिकमा खबर छ ।