Trending :
 

लप्सीफेदी-बुटवल ३१५ किमि लामो प्रसारण लाइन सुनिश्चित

फाल्गुण १६,२०७८

-आस्था न्यूज

फागुन १६, २०७८ काठमाडौं ।
प्रतिनिधि सभाबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको अनुदान सहायता सम्झौता अनुमोदन भएसँगै ३१५ किमि लामो विद्युत् प्रसारण लाइन परियोजना निर्माण पनि सुनिश्चित भएको छ । यो सुनिश्चिताले विद्युत् विकास र त्यसको खपत व्यवस्थापनमा उल्लेख्य सुविधा प्राप्त हुने सरोकारवालाले बताएका छन् ।
 
मिलेनियम च्यालेञ्ज एकाउन्ट (एमसीए) नेपालले कार्यान्वयन गर्ने दुई परियोजनामध्ये चार सय केभी क्षमताको लप्सीफेदी–रातामाटे–हेटौँडा–दमौली–बुटवल प्रसारण लाइन मुख्य हो । यो प्रसारण लाइन र अन्तर्गतका सबस्टेसन निर्माण गर्दा विद्युत्को आन्तरिक खपत विस्तार र बढी भएको बिजुली भारत निर्यात गर्नका लागि पनि यो परियोजना आवश्यक मानिएको हो ।
 
पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो परियोजनाका लागि कुल ३९ करोड ८२ लाख अमेरिकी डलर लगानी हुँदै छ । गोरखापत्रमा खबर छ ।