Trending :
 

मन्त्रिपरिषद् बैठकबाट सार्वजनिक खरिद नियमावली संशोधन पास

फाल्गुण २७,२०७८

-आस्था न्यूज

फागुन २७, २०७८ काठमाडौं ।
मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावली संशोधन पास गरेको छ । बिहीरबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावली संशोधन पास गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक)ले जानकारी दिनुभयो ।
 
उहाँले यसभन्दा अगाडि बसेको मन्त्रिपषिद् बैठकमा सार्वजनिक खरिद नियमावली पास भएको थियो । उक्त पास भएको नियमावलीको थप संशोधन पास भएको  हो। खेलकुद मन्त्री गहतराजका अनुसार आज पास भएको नियमावली अब केही दिनभित्र राजपत्रमा प्रकाशित हुने छ ।
 
सरकारले सार्वजनिक खरिद नियावलीलाई ११ औँ पटक संशोधन गरिएको हो । यसैगरी, बैठकले काठमाडौंको फोहोर व्यवस्थापनलाई तत्काल पहलकदमी लिने निर्णय भएको छ ।
 
काठमाडौंको फोहोर व्यवस्थापन गर्न तत्काल बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयवासीसँग समन्वय गर्ने र देखिएका समस्या समाधान गर्न प्रक्रिया थाल्ने निर्णय भएको उहाँले बताउनुभयो ।
 
 
मन्त्रीपरिषद बैठकले जेष्ठ नागरिक अस्पताल निर्माण गर्न स्वास्थ्य मन्त्रालयले राखेको प्रस्ताव समेत स्वीकृत गरेको छ । सो अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदल मार्फत काम अघि बढाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको सचिवालयले जनाएको छ । 
 
यसैगरी ५० वर्ष भन्दा माथि उमेर समुहका नागरिकहरुको मृगौला, कलेजो, मुट लगायत अन्य रोगसम्वन्धी परीक्षणहरु सरकारले नियमित रुपमा वर्षको एकपटक निस्शुल्क रुपमा गर्ने निर्णय पनि गरेको छ । यसको लागि मन्त्रालयले प्रस्ताव अघि सारेको थियो ।
 
 गोरखापत्रमा खबर छ ।