एक लाख माग भएको म्यादी प्रहरीमा २ लाख ९३ हजार २६३ जनाको आवेदन

चैत्र १२,२०७८

-आस्था न्यूज

चैत्र १२, २०७८ काठमाडौं ।
 
स्थानीय तह निर्वाचन प्रयोजनका लागि मागिएको १ लाख म्यादी प्रहरीमा झन्डै तेब्बर संख्यामा आवेदन परेको छ । शुक्रबार अन्तिम दिनसम्म २ लाख ९३ हजार २६३ जनाले आवेदन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
 
प्रधान कार्यालयले आगामी वैशाख ३० मा हुने निर्वाचनका लागि चैत ६ देखि ११ सम्म म्यादी प्रहरी भर्ना खोलेको थियो । सातै प्रदेशका जिल्ला प्रहरी कार्यालयहरुमा निवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।
 
प्रधान कार्यालयका अनुसार चैत ९ गते सबभन्दा बढी ५८ हजार २२१ जनाले आवेदन दिएका थिए । त्यस दिन महिला ११ हजार २८६ र पुरुष ४६ हजार ९३५ जना छन् । कान्तिपुरमा खबर छ ।