मेलम्चीमा नदी गहि¥याउने काम सुरु

चैत्र १७,२०७८

-आस्था न्यूज

चैत १७, २०७८ काठमाडौं।
असार १ गतेको मेलम्ची बाढीले बस्ती जोखिम र नदीको सतह बढेपछि मेलम्ची नगरपालिकाले नदी गहि¥याउने काम थालेको छ । सङ्घीय र प्रदेश सरकारलाई बजेट उपलब्ध गराउन पटक पटक गरेको आग्रहको सुनुवाइ नभएपछि नगरपालिकाले आफ्नै बजेटमा नदी नियन्त्रण र क्षति न्यूनीकरणका काम थालेको हो ।
 
मेलम्ची बाढीले उकासिएको नदीको सतहलाई गहि¥याउन मेलम्ची नगरपालिकाको दुई करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरी काम थालेको नगरप्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो । मेलम्ची नगर र हेलम्बु गाउँपालिकाको सीमाना तालामाराङदेखि डुढेखोलासम्म नदी गहि(याउन थालिएको छ । नदीले कटान गरेको आवश्यक स्थानमा संरक्षण पर्खाल लगाउन थालिएको छ ।
 
विज्ञहरूको सुझावका आधारमा वर्षा लाग्नु पूर्व नै बाढीबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न नदी गहि(याउन थालेको नगरप्रमुख अर्यालले बताउनुभयो । विज्ञहरूले नदीलाई पुरानै लयमा फर्काउन र कटान भएका स्थानमा संरक्षण पर्खाल लगाउन सुझाव दिएको भन्दै उहाँले भन्नुभयो, वर्षायाम सुरु हुन केही महिना बाँकी रहँदासमेत प्रदेश र सङ्घीय सरकारले मेलम्ची नदी नियन्त्रण र बस्ती संरक्षणमा उचित ध्यान दिएका छैनन् । गत असार १ र त्यसपछिको मेलम्ची बाढीले स्थानीयको जग्गा कटान र तीन सयभन्दा बढी घर बगाएको थियो । 
 
गोरखापत्रमा खबर छ ।