सिन्धुपाल्चोक ग्यास पडकेर आगलागी हुदाँ तीन बालबालिकाको निधन

चैत्र २१,२०७८

-आस्था न्यूज

चैत २१, २०७८ काडमाडौं ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-८ मानेश्वाँरामा आइतबार बेलुकी खाना पकाउने क्रममा ग्याँस पडकेर आगलागी हुदाँ तीन बालबालिकाको निधन भएको छ ।
 
उक्त वडाका अध्यक्ष सुरज तामाङले लामाटोलका मीनबहादुर तामाङको घरमा ग्याँस पडकेर आगलागी हुदाँ बालबालिकाको मृत्यु भएको बताउनु भयो ।
 
 
जलेर मीनबहादुरका १० बर्षका छोरा इशाक तामाङ, भाई कुमार तामाङको ५ बर्षीय छोरा सरगम तामाङ र पदम तामाङकी २ बर्षीया छोरी दिब्या तामाङ घरभित्रै जलेर निधन भएको जानकारी दिएका छन् । 
 
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले घाइते मीनबहादुरलाई उपचारका लागि राजधानी लगिएको बताउनु भयो । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो निभाउने काम भईरहेको छ । गोरखापत्रमा खबर छ ।