पशुपतिको धर्मसालामा सञ्चलित होटल आनन्दसँगको सम्झौता रद्द

चैत्र २१,२०७८

-आस्था न्यूज

चैत २१, २०७८ काडमाडौं ।
 
पशुपति क्षेत्र विकास कोषले नेपाल-भारत मैत्री पशुपति धर्मसालामा सञ्चालित होटल आनन्द प्रालीसँग धर्मसाला भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द गरेको छ ।
 
कोष र होटेल आनन्द प्रालीकाबीच धर्मसाला होटल सञ्चालनका विषयमा भएका सम्झौताअनुसारका सर्त होटेल आनन्द प्रालीले पालना नगरेकाले सम्झौता रद्द गरिएको कोषले जनाएको छ । 
 
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले उक्त सम्झौता रद्द गर्ने निर्णय गरेसँगै कोषले सूचना प्रकासित गरी सम्झौता रद्द भएको जनाएको छ ।गोरखापत्रमा खबर छ ।