स्वीट्जरल्याण्ड गएको सभामुख घिमिरेको टोली आज नेपाल फर्किने

चैत्र १६,२०८०

-आस्था न्यूज

चैत १६, २०८० काठमाडौं ।
जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय ४८औँ महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश फर्किदैछ। 
 
टोली आज बिहान ९ बजे काठमाडौं अवतरण गर्ने सभामुख घिमिरेको सचिवालयले जनाएको छ। 
 
टोलीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
 
आयरल्याण्डमा रहँदा सभामुख घिमिरेले त्यहाँका सभामुख, राष्ट्रपतिलगायतसँग भेटवार्ता गरेका थिए