उल्भ्सलाई हराउँदै आर्सनल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

बैशाख ०९,२०८१

-आस्था न्यूज

बैशाख ९, २०८१ काठमाडौं ।
उल्भ्सलाई हराउँदै आर्सनल इङ्लिस प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । गएराति उल्भ्सको मैदानमा २–० को जित निकाल्दै आर्सनलले एक अङ्कको अग्रता लिएको हो । 
 
प्रिमियर लिग तालिकामा ३२ खेल खेलेको म्यान्चेष्टर सिटी दोस्रो स्थानमा छ भने उल्भ्समाथि जित निकाल्दै आर्सनलले ७४ अङ्क जोडेको हो । उल्भ्सविरुद्ध महत्वपूर्ण तीन अङ्क दिलाउनका लागि लिनार्दो ट्रोसार्ड र मार्टिओडेगार्डले एक एक गोल गरे । 
 
खेलको ४५औँ मिनेटमा गोल गर्दै ट्रोसार्डले पहिलो हाफअघि आर्सनललाई १–० को अग्रता दिलाएका थिए । ९० मिनेटपछिको इन्ज्युरी समयमा ओडेगार्डले गोल गर्दै आर्सनलको जित सुनिश्चित गराए । 
 
गएराति नै भएको अन्य खेलमा लुटन टाउनलाई ५–१ ले हराउँदै ब्रेन्टफोर्ड १४औँ स्थानमा उक्लिएको छ । यस्तै १९औँ स्थानको बर्नलेले २०औँ स्थानको शेफिल्ड युनाइटेडलाई ४–१ ले हरायो ।