नेप्सेमा ग्लोबल आइएमई बैंक लिमिटेडको बोनस सेयर सूचीकृत

बैशाख १०,२०८१

-आस्था न्यूज

बैशाख १०, २०८१ काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ग्लोबल आइएमई बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । यस दिन बैंकको ३५ लाख ७७ हजार १०५।९६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। 
 
ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट वितरण गरेको चुक्ता पुँजीको १ प्रतिशत बोनस बराबरको नेप्सेमा सूचीकरण गरिएको हो । 
उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।