चैत १६, २०८० काठमाडौं । नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले लोकल रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्ने बताएकी छन् । शुक्रबार राष्ट्रिय सभामा प्रादेशिक समयमा बोल्दै उनले नेपालले आफ्नै स्रोत र साधनको प्रयोग गरेर आर्थिक उपार्जन गर्न सक्ने बताइन् । यसका लागि स्थानीय रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्ने उनको धारणा छ । पहाडी क्षेत्रमा उत्पादन हुने कोदोको रक्सी औषधिको रुपमा प्रयोग हुने उनले बताइन् । तर, राज्यले त्यस्ता रक्सी जफत गरेर नष्ट गर्ने गरेको भन