चैत १८, २०८० काठमाडौं । एक लाख रुपैयाँका दरले ती युवतीलाई बेचेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ घर भएका ३८ वर्षीय बच्चु विक सुनार र सोही ठाउँका ४७ वर्षीय दावा तामाङ भनिने दावा लामा छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले बच्चुलाई ५ चैतमा कपनबाट र दावालाई १६ चैतमा टिकाथलीबाट पक्राउ परेको हो ।