चैत १९, २०८० काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्सबीचको टी २० सिरिजको फाइनल खेलमा नेपाल ३ रनले विजयी भएको छ। पहिलो दुई खेल हारेको नेपालले अन्तिम तथा फाइनल खेल ३ रनले जितेको हो। पहिला ब्याटिङ गर्दै नेपालले दिएको २१४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रमममा आयरल्यान्ड निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रनमा समेटियो।