फागुन १५, २०८० काठमाडौं । आर्थिक विकासका लागि स्थानीय सरकार र निजी क्षेत्र सहकार्य महत्वपूर्ण हुने मंगलबार आयोजित अन्तरक्रियाका सहभागीले जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनमा भएको कार्यक्रममा सहभागीहरुले सहकार्यबाट नै आर्थिक क्षेत्रको विकास हुने भन्दै यसमा जोड दिएका हुन् ।