माघ २८, २०८० काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका-३, इमाडोलमा एक जना महिला र उनका दुई बच्चाको मृत्यु प्रकरणको प्रारम्भिक अनुसन्धानले ‘हत्यापछि आत्महत्या’ भएको हुनसक्ने देखाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी नवराज कार्कीले इमाडोलको ओचुहाटइटमा बस्ने रविना महर्जनले उनकी छोरी २ वर्षीया रिवा महर्जन र ६ वर्षीय अश्वेत महर्जनको हत्यापछि आत्महत्या गरेको हुनसक्ने देखिएको बताए ।