माघ १२, २०८० काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले राज्यका महत्वपूर्ण दस्तावेजहरु सुरक्षित नराख्ने वा नष्ट गर्ने जिम्मेवार अधिकारीहरुलाई राज्यद्रोह सरहको मुद्दा लगाउने प्रस्ताव गरेकी छन् । शुक्रबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन् ।