जेठ २१, २०८१ काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद महिन्द्रराय यादवले प्रत्येक निर्वाचन क्षेत्रमा सामुहिक खेती प्रणालीको विकास गर्नुपर्ने बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद यादवले प्रत्येक निर्वाचन क्षेत्रमा सामुहिक खेती प्रणालीको विकास गर्नुपर्ने बताएका हुन् ।