चैत १५,२०७७ काठमाडौं । काठमाण्डौ उपत्यकालगायत देशका धेरै ठाउँमा वायु प्रदूषण बढेकाले सतर्कता अपनाउन डाक्टरहरूले बताएका छन् । वायु प्रदूषणको मात्रा निकै बढेकोले आफ्नो फोक्सो र आँखा जोगाउन डाक्टरहरूले सुझाव दिएका छन् । वायु प्रदूषणले आँखाको नानी र कर्निआको बाहिरको सतहमा गम्भीर असर पार्नुका साथै छाती, घाँटी, फोक्सो र नाकसम्बन्धी विभिन्न सङ्क्रमण हुने भएकोले सावधानी अपनाउनुपर्ने छाती रोग विशेषज्ञ डाक्टर सुबोधसागर ढकालले बताउनुभयो । प्रदूषण बढेको बेलामा सकेसम्म घरबाहिर ननिस्कन र घरमा बस्दा पनि झ