दुई साता यता, काठमाडौंमा कडा खालका हैजाका बिरामी भेटिएका छन् । राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका बिरामीमध्ये चार जनामा कडा खालको हैजा भेटिएको हो । वर्षायाममा दूषित खानेपानी तथा फोहोर खानेकुराको प्रयोगले झाडापखालाका बिरामीसँगै हैजाका बिरामी बढ्न सक्ने अस्पतालका रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले बताउनुभयो ।