नेपाल चिकित्सक संघले जुम्लामा १९ दिनदेखि आमरण अनसनरत प्रा.डा. गोविन्द केसीको मागमा सरकार गम्भिर नभएको भन्दै भोलि बिहिबारबाट देशभरका सबै अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको छ । संघले राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै भोलिबाट सेवा ठप्प पार्ने जनाएको हो ।