हामी सबैको चाहना हुन्छ दाँत चम्किलो र स्वस्थ रहोस् । त्यसैले हामी सबैले हरेक दिन ब्रस गर्ने गर्दछौँ । तर हामीले ब्रस गर्दा केही गल्ती गरिरहेका हुनसक्छौँ । थोरै मात्र व्यक्तिलाई ब्रस गर्ने सही तरिकाका बारेमा थाहा हुने गर्दछ । कोही व्यक्तिले ब्रस गर्नुअघि टुथपेस्ट लगाएपछि मात्र ब्रसलाई भिजाउने गर्दछन् भने कोही व्यक्तिले ब्रसलाई भिजाएर त्यसमा टुथपेस्ट लगाउने गर्दछ । यो विषयलाई लिएर सोसियल मिडियामा निकै चर्चा हुने गर्दछ । ब्रसलाई कसरी प्रयोग गर्दा राम्रो हुन्छ भन्ने बारेमा आज हामी तपाईलाई जानकारी ग