बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले सुर्तीजन्य पदार्थ नै नसर्ने रोगहरुको प्रमुख कारण भएको बताएका छन् । मंगलबार क्यान्सर काउन्सिल नेपालको आयोजना र माछापुच्छ्रे बैंकको सहकार्यमा काठमाडौंको कपनस्थित् रिलायन्स पब्लिक स्कुलमा आयोजित जनचेतना तथा अन्तरक्रियात्मक कार्यक्रममा डाक्टर पौडेलले यस्तो बताएका हुन् ।