नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्साशास्त्र अध्ययन गरेको आरोपमा विशेष अदालतले ६ महिना कैद सजाय सुनाइएका चितवनका सुनिल आचार्य अझैसम्म नियमित बिरामी जाँचिरहेको पाइएको छ । भरतपुर १० अस्पतालरोड जिल्ला प्रहरी कार्यालय चितवनअगाडि रहेको प्रगति पोलिक्लिनिकमा बुधबार उनी बिरामी जाँचिरहेका थिए । उनले आफूलाई वरिष्ठ स्त्री तथा प्रसुति एवम् प्रजनन रोग विशेषज्ञको रुपमा प्रचार गर्दै आएका छन् ।