फेसबुकले अब सेक्रेट क्रस नयाँ फिचर ल्याउने

बैशाख १८,२०७६

-

बैशाख १८, २०७६ वाशिङटन ।
फेसबुकका प्रमुख मार्क जुकरबर्गले इन्स्ट्राग्राम तथा ह्वाट्सएपमा विभिन्न परिवर्तन गरिएको बताएका छन् । उनले नयाँ डिजाइन र फिचर्सले व्यापक रुपमा भइरहेको आलोचना र प्रयोगकर्ताको डेटाको संरक्षणको विषयपनि सम्बोधन गर्ने जनाएका छन् ।  
 
उनले आफ्नो कम्पनीले गोपनीयतालाई पहिलो प्राथमिकतामा राखेको समेत जनाएका छन् । विश्वास आर्जन गर्नका लागि धेरै काम गर्न बाँकी रहेको उनले जनाएका छन् । 
 
उनले डेभलपरहरुलाई सम्बोधन गर्दै आफ्नो कम्पनीको नयाँ फोकस हुने क्षेत्र गोपनीयतामा ‘मेजर सिफ्ट’ रहेको समेत जनाएका छन् । अहिले देखिने गरी भएका परिवर्तनमा फेसबुकबाट म्यासेज पठाउँदा अब फेसबुक स्वयंले त्यसलाई हेर्न नसक्ने व्यवस्था गरिएको र इन्स्ट्राग्राममा पनि परिवर्तन भएको जनाइएको छ  ।
 
उनले सो अवसरमा फेसबुकको गोपनियताका बारेमा कुरा उठेकोमा चिन्ता व्यक्त गर्दै त्यो कमजोरी हुन नदिने प्रतिबद्धता समेत जनाएका थिए ।
 
नयाँ फिचर ‘सेक्रेट क्रस’
त्यस्तै, उनले फेसबुकले अब सेक्रेट क्रस भन्ने नयाँ फिचर ल्याउन लागेको समेत घोषणा गरेका छन् । त्यो फेसबुक डेटिङको एक भाग हुने बताइएको छ । 
 
यो फिचर फिलिपिन्स, भियतनाम, सिंगापुर लगायतका १४ देशमा प्रयोग हुने  र युरोप तथा अमेरिकामा तत्कालै लागु नहुने जनाइएको बीबीसीले जनाएको छ ।