अनधिकृतरुपमा शुल्क उठाएको भन्दै चितवन मेडिकल कलेजमाथि कारबाहीको माग

आश्विन ०२,२०७६

-

असोज २,२०७६ काठमाडौं ।
चितवन मेडिकल कलेजले विद्यार्थीहरुबाट अनधिकृतरुपमा शुल्क उठाएको भन्दै विद्यार्थी तथा अभिभावकहरुले कलेजमाथि कारबाहीको माग गरेका छन् ।
 
उनीहरुले बिहीबार प्रमुख जिल्ला अधिकारीलाई भेटेर कारबाहीका लागि ध्यानाकर्षण गराएका हुन् ।
 
अनधिकृत शुल्क लिएको विरोधमा भएको आन्दोलनमा प्रशासनले दमन गरेकोमा पनि विद्यार्थी र अभिभावकहरुले आक्रोश व्यक्त गरेका छन् ।
 
चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले यो समस्या चितवन मेडिकल कलेजकोमात्रै नभइ त्रिभुवन विश्वविद्यालयबाट मान्यताप्राप्त देशभरका मेडिकल कलेजको भएकाले माथिल्लो तहबाटै समाधान हुनुपर्ने बताए ।
 
उनले विद्यार्थीबाट अवैधरुपमा अतिरिक्त शुल्क लिएको प्रमाण भए कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।