ड्युटीमा हाजिर नभएपछि ५ जना चिकित्सक बर्खास्त

चैत्र २६,२०७६

-

चैत २६,२०७६ काठमाडौं ।
कोरोना भाइरसको संक्रमण फैलिएको चुनौतीपूर्ण परिस्थितिमा ड्युटीमा हाजिर नभएको भन्दै ५ नम्बर प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका ५ जना चिकित्सकलाई बर्खास्त गरेको छ ।
 
प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालको ठाडो आदेशमा प्रादेशिक अस्पतालले ५ जना चिकित्सकहरुलाई बर्खास्त गरेको हो ।
 
बर्खास्त हुने चिकित्सकहरुमा ईएनटी विभागका डा प्रकाश न्यौपाने, युरो सर्जन डा सुवासचन्द्र चौधरी, आकस्मिक विभागकी डा प्रकृति कार्की एवम् रेडियोलोजी विभागका डा बरदान वली र डा ताराप्रसाद शर्मा छन् ।
 
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले पाँच जना चिकित्सकहरुलाई बर्खास्त गरिएको पुष्टि गरे । मेसु डा खनालका अनुसार बर्खास्तीमा परेका पाँचै जना चिकित्सक करार सेवामा कार्यरत थिए ।
 
उनीहरुलाई चैत २० गतेदेखि लागू हुने गरी सेवाबाट हटाइएको मेसु खनालले जानकारी दिए ।