सोनितराज ढुंगेलको नेपाल जेसिआईका अध्यक्षलाई खुल्ला पत्र

यो महामारीमा किन मानसिक दवाव दिनु भएको अनि त्यो धम्की सवै पत्रमा हुने गर्छ?

चैत्र २६,२०७६

-सोनितराज ढुंगेल

कुशल रही कुशलताको कामना गर्दछु । हुन त यो पत्र न्यूजमा नहालेर फेसबुकमा राख्दा पनि हुन्थ्यो तर फेसबुक मा स्वतन्त्र बोल्नेलाई कारवाही हुन्छ र न्यूजमा राख्दा गलत भयो भन्दैमा माफि नै नमागी कुरा नै सेलाउछ ।

 

 हजुरले जितेपछि अनेकौ विवाद आए तर मैले भेटेसम्मको र जेसीज साथीहरुलाई त्यस्तो भन्न हुन्न । उहाँले बहुमतले जितेर आउनु भएको र जति विवाद गर्यो त्यति हामीलाई र नेपाल जेसीजलाई घाटा हो, उहाँ पनि केहि गर्न सक्ने एक सक्षम जेसीज युवा हुनुहुन्छ । उहाँलाई स्वतन्त्र काम गर्न दिउँ भन्ने व्यक्तिमा म पनि एक छु ।

 

 उहाँले हाम्रो शाखामा भोट माग्न आउँदै गर्दा हजुरले हामी जस्तै युवाले चलाउने हो जेसीज भन्ने अभिव्यक्ति सुनेर एउटा आशालाग्दो अध्यक्षको एक शुभ चिन्तक हु म । हजुर अध्यक्ष भएको तिन महिना भयो । विभिन्न विवादले गर्दा र देशमा महामारी परिस्थितिले गर्दा हजुरले सोचेका धेरै सोचहरु पुरा हुन सकेका छैनन । अझ भनम खासै केही कार्यक्रम हुन पाएको छैन । यसमा जति दुख हजुरलाई लागेको छ, हो त्यति नै दुखी म पनि छु ।

 

म हजुरको प्रशंसक र अरुले कमजोर मूल्याकंन गर्न ईमाडोललाई सोचेर कारवाही गर्छु भनेर सार्वजनिक तरिकाले मागेको स्पष्टिकरण कतै छोरी कुटेर बुहारी तर्साउने सोच त हैन?

 

हिजो मैले एउटा पत्र पाए जुन पत्र मैले ईमेलमा खोल्नु अघि अन्य जेसीज साथीहरुले म्यासेन्जरमा पठाए पछि पाए । जसमा मेरो आईपीपीज्यूले फेसबुक स्टाटस राख्नु भएको कुरामा कारवाही किन नगर्ने बारेमा स्पष्टिकरण मागिएको रहेछ । हजुर संग फोनमा कुरा हुँदा मैले आईपीपीज्यू संग बुझ्छु र यदि उहाँबाट गलत भएको रहेछ भने सम्झाउँछु भनेको थिए । तर हजुरले पत्र काट्ने निर्णय भैसकेको भन्नु भयो । मैले आपत्ति जनाईन । तर जुन पत्र मेरा लागि काटिएको थियो, त्यो सम्पूर्ण जेसीज साथीहरु माझ पनि पुगेछ । अब भन्नुस हजुरले चाल्नु भएको कदम र मेरा आईपीपीज्यूले फेसबुकमा राख्नु भएकोमा के अन्तर रह्यो । यदि हजुरको नजरमा मेरो आईपीपी दोषी हो भने मेरा नजरमा पनि हजुरलाई चोखो देख्दिन । हजुरले भने अनुसार यदी आईपीपीज्यूले हाल्नु भएको स्टाटसले नेपाल जेसीजको मानहानी भएको छ भने हजुरले काट्नु भएको पत्र र पठाउने तरिकाले म र मेरा ईमाडोल जेसीजको ईज्जत त बढको पक्कै छैन होला ।

 

उहाँको दोधारपूर्ण प्रश्नवाचक स्टाटस कति सही छन र कति गलत भन्ने कुरामा म जान्न । नेपाल जेसीजले अरु शाखालाई गलत कुरा प्रचार प्रसार गर्दा सुटुक्क कारवाही गर्ने र हाम्री शाखाकी आईपीपीज्यूले प्रश्न गर्दै राखेको स्टाटस जुन एउटा व्यक्तिले वोल्न पाउने स्वतन्त्रतामा पनि पर्दछ यस्मा हजुरले कारवाहीको लागि सामूहिक तरिकाले माग्नु भएको स्पष्टिकरणहरुमा अहिले केहि बोल्दिन । सायद यो कदम हजुरको यो तिन महिनाको सफलता मध्ये एक हुन सक्छ ।

 

 म हजुरको प्रशंसक र अरुले कमजोर मूल्याकंन गर्न ईमाडोललाई सोचेर कारवाही गर्छु भनेर सार्वजनिक तरिकाले मागेको स्पष्टिकरण कतै छोरी कुटेर बुहारी तर्साउने सोच त हैन? यदि भएता पनि हजुरले पत्रमा वेवस्ता गरे ईमाडोल जेसीजलाई कारवाही गर्छु भन्ने धम्कीपूर्ण चेतावनी देखि ईमाडोल जेसीजका अध्यक्षको हैसियतले म हिजो देखि डराएको छु । यो महामारीमा किन मानसिक दवाव दिनु भएको अनि त्यो धम्की सवै पत्रमा हुने गर्छ? यदि हुन्छ भने यो गलत हो र सवै पत्रमा हुन्न भने हाम्रो मात्र किन राखियो

 

हजुरले माग्नु भएको स्पष्टिकरणका केही फाईदाहरु:

१. उत्कृष्ट जेसीआई एकेडेमी गर्दा पनि मूल्याकंन नभएको र कति शाखाले हाम्रो शाखाको नाम नसुनेकोमा हाम्रो शाखालाई चिनाईदिनु भयो ।

 

२. म अध्यक्षलाई कोहीले चिन्दैन भन्ने सोच राख्थे तर नेपाल भरीका मेरा काउन्सिलर साथीहरुले पठाउनु भएका सन्देश र उहाँहरुले गर्नु भएको कलले यो सोचलाई गलत तुल्यायो । साच्चै मैले अति नै साथ दिने र माया गर्ने समकालिन पाएको रहेछु ।

 

यो पत्र हजुरले माग्नु भएको स्पष्टिकरणको प्रति उत्तर भने होईन । हजुरले तोकिएको समयमा आधिकारीकरुपमा उत्तर दिनेछु र यसमा ढुक्क हुनुहोस मेरो उत्तर नेपाल जेसीजलाई मात्र आउनेछ । हजुरको जस्तो सार्वजनिक तरिकाले दिने छैन तर यसलाई मेरो उत्तर दिने कम्जोरी नसोचेर मैले सिकेको संस्कार सोच्नुहोला । धन्यबाद ।

 

हजुरको शुभचिन्तक

जेसी सोनित राज ढुङ्गेल

अध्यक्ष ईमाडोल जेसीज बर्ष २०२०