कुवेतबाट आममाफी पाएका १६० नेपाली आइपुगे, अरु देशबाट पनि आउँदै

आषाढ ०९,२०७७

-

असार ९,२०७७ काठमाडौं ।
कुवेतमा आममाफी पाएका नेपालीहरूको धमाधम उद्धार भइरहेको छ । आज मात्रै कुवेतमा आममाफी पाएका १६० नेपाली काठमाडौं आइपुगेका छन् । 
 
उनीहरूलाई कुवेत सरकारले जजिरा एयरलायन्सबाट निःशुल्क रूपमा स्वदेश फर्काएको हो । कुवेतमा आममाफी पाउनेको संख्या झन्डै तीन हजार छ । उनीहरूलाई दैनिक रूपमा नेपाल फर्काइने तयारी छ ।
 
आजै कतारबाट १४५ नेपाली स्वदेश फर्किएका छन् । उनीहरू हिमालयन एयरलाइन्सको एचआईएम ५६३२ को उडानबाट बिहान नेपाल आइपुगेका हुन् ।
 
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार आज माल्दिभ्सबाट १५०, अस्ट्रेलियबाट २७५, बंगलादेशबाट १४४ र साउदीको जेद्दाबाट १२५ जना नेपाली स्वदेश फर्कंदै छन् ।