नेकपा स्थाई कमिटी बैठकः प्रधानमन्त्री ओलीको राजीनामातिर केन्द्रित

आषाढ १६,२०७७

-

असार १६, २०७७ काठमाडौं ।
तीन दिनअघि आफ्नो सरकार ढाल्न भारतीय राज्य संयन्त्रसहित आफ्नै पार्टीका नेताहरुले लागेको भन्ने अभिव्यक्ति दिएका प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी बैठकमै राजीनामा माग भएको छ । 
 
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको राजीनामा दिल्लीले नभई आफूले मागेको भन्दै राजीनामाको माग गरेका थिए । उनले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको आधार के हो भन्ने पनि प्रश्न गरेका थिए । 
 
बैठकमा बोल्दै बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालले पनि प्रधानमन्त्री ओलीले राजीनामा माग गरेका छन् । शुक्रबार र शनिबार सीमा समस्यालगायतका विषयमा केन्द्रीत भएको बैठक आइतबार प्रधानमन्त्री ओलीले आफ्नो सरकार ढलाउन भारत र भारतीय दुतावासले बैठकहरु गरेको भन्ने अभिव्यक्ति दिएपछि राजीनामातिर मोडिएको हो । बैठकका लागि तोकिएको एजेन्डामा प्रवेश नगरी बैठक राजनीमामा केन्द्रीत भएको हो ।
 
बैठकको सुरुमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमले सरकारले काम गर्न नसकेको त्यसले पार्टीलाई गम्भीर धक्का लागेको भन्दै प्रधानमन्त्री ओलीले राजीनामा दिएर निकास दिन माग गरेको एक नेताले बताए ।
 
भारतीय राज्यसंयन्त्र वा दुतावासले सरकार ढाल्न खोज्यो भनेर बोल्नुकै कुनै अर्थ नभएको भन्दै नेताहरुले पार्टीले प्रधानमन्त्री बनाएको र पार्टीले नै चाँहदा हटाउन सक्ने बताएका थिए ।