नेकपा स्थायी कमिटीको बैठक असार २४ गतेसम्मका लागि स्थगित

आषाढ २२,२०७७

-

असार २२, २०७७ काठमाडौं ।
 
नेकपा स्थायी कमिटीको बैठक असार २४ गतेसम्मका लागि  स्थगित भएको छ । 
 
नेकपा प्रचार विभाग उपप्रमसख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले असार २४ गते ११ बजे बैठक बस्ने जानकारी दिएका छन् । आज बिहान ११ बजे बोलाइएको बैठक स्थगित गरिएको हो । 
 
 
नेकपामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल र अर्का अध्यक्ष केपी शर्मा ओलीबिचको द्वन्द्व उत्कर्षमा पुगेका बेला समाधानका लागि बैठक डाकिएको थियो । 
 
 
प्रधानमन्त्री ओलीले पार्टीमा परामर्श नगरी संसद अधिवेशन अन्त्य गरेपछि छलफलका लागि बोलाइएको बैठक सर्दै आएको छ ।
 
पार्टीमा बिवाद बढेपछि दुई अध्यक्ष र दोश्रो तहका नेताहरु बिच हिजो बालुवाटारमा छलफल भएपनि कुनै निष्कर्ष ननिस्किएपछि आजका लागि बैठक बोलाइएको थियो ।