(अपडेट) पोखरा पहिरोमा परि ७ जनाको मृत्यु

आषाढ २६,२०७७

-

असार २६,२०७७ काठमाडौं ।
अबिरल वर्षाका कारण पोखरा महानगरपालिकाका विभिन्न स्थानमा बिहीबा राती पहिरो जाँदा ७ जनाको मृत्यु भइको छ । पोखरा १८ सराङ्कोटस्थित गोठादीमा राती करिब २ बजे पहिरो गई ५० वर्षीय टंकबहादुर थापा मगरको घर पुरिँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । 
 
थापासहित श्रीमती र दुईजना नाती नातिना र एकजना जन्मदिन मनाउन आएका पाहुनाको मृत्यु भएको मृतक टंकबहादुरका साइला दाजु सोमबहादुरले जानकारी दिए । 
 
टंकबादुरकी जेठी छोरी पिकीको बिहीबार जन्मदिन थियो । घाइते ५ जनामा मनिपाल शिक्षण अस्वताल र एकजनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले बताएको छ ।