कतारमा अलपत्र परेका १५१ नेपाली स्वदेश फर्किए

श्रावण २१,२०७७

-

साउन २१,२०७७ काठमाडौं ।
कोरोना भाइरसको महामारी लगायत विभिन्न कारणले कतारमा अलपत्र परेका १५१ नेपाली स्वदेश फर्किएका छन् ।
 
कतारस्थित नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा उनीहरु स्वदेश फर्किए हुन् ।
 
दोहाबाट काठमाडौँको लागि उडेको नेपाल एयरलाइन्सको २३९२ उडानमा ४ बालबालिका र १८ महिलासहित १५१ जना नेपाली स्वदेश फर्काइएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव भुवन प्रसाद भट्टले जानकारी दिए ।
 
स्वदेश फर्कन लागेहरुको यात्रा सहजीकरणका तथा बिदाईका लागि नेपाली दूतावासका द्वितीय सचिव भट्ट लगायत नेपाली समुदायका प्रतिनिधिहरुको हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
 
कतारबाट ४ हजार ३८ जनासहित विभिन्न समयमा मृत्यु भएका ४४ जनाको शव नेपाल पठाइसकिको सचिव भट्टले बताए ।