वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

आश्विन ०१,२०७७

-आस्था न्यूज

असोज १, २०७७ काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् । 
 
गौतमलाई राष्ट्रपति भण्डारीले बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीलेसंविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम गौतमलाई मनोनित गरेकी हुन् । 
 
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो । राष्ट्रपतिले गौतमलाई मनोनित गरेसँगै बिहीबार ४ बजे गौतमले राष्ट्रिय सभा सदस्यको सपथ लिने तयारी छ । 
 
नेकपाको भदौ १८ गते बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो । पहिला संविधान संशोधन नगरी राष्ट्रिय सभामा नजाने बताएका गौतम पछि पुनः जान तयार भएका थिए ।