ललितपुरको भट्टेडाँडामा पहिरो, २ वटा टिप्पर र मोटरसाइकल पुर्दा ५ जना घाइते

आश्विन ०८,२०७७

-

असोज ८, २०७७ काठमाडौं ।
ललितपुरको भट्टेडाँडामा पहिरो गएको छ । अविरल वर्षापछि गएको पहिरोमा २ वटा टिप्पर र एउटा मोटरसाइकल पुरिँदा ५ जना घाइते भएका छन् ।
 
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार ललितपुरको बाग्मती गाउँपालिका-३ भट्टेडाँडामा गएको पहिरोले २ वटा टिप्पर र एउटा मोटरसाइकल पुर्दा ५ जना घाइते बनेका हुन् ।
 
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । एसएसपी राईका अनुसार घाइतेहरुको उपचारका लागि काठमाडौं ल्याइएको छ ।