सरकारी दमनको कांग्रेसले बदला लिएरै छाड्छः डा.प्रकाशशरण महत

मंसिर २०,२०७७

-

मंसिर २०,२०७७ काठमाडौं ।
नेपाली कांग्रेसका सहमहमन्त्री डा। प्रकाशशरण महतले सरकारको अधिनायकवादी प्रवृत्तिका विरुद्ध सशक्त आन्दोलन गर्ने बताउनुभएको छ ।
 
गजराज जोशी ट्रष्टले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उहाँले सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै आन्दोलनले सरकारलाई घुँडा टेकाउने टिप्पणी गर्नुभयो ।
 
डा. महतले आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको सरकारी दमनको बदला लिई छाड्ने चेतावनीसमेत दिनुभयो ।
 
डा. महतले नेपालकै पहिलो धावक गजराज जोशी नेपाली खेलकुद क्षेत्रका अग्रणी भएको बताउनुभयो ।
 
जोशीको स्मृतिमा ट्रष्टका अध्यक्ष मनिष जोशीले काठमाडौं क्षेत्र नम्बर-५ का विभिन्न क्लबलाई खेलकुद र सुरक्षा सामग्री वितरण गर्नुभएको थियो ।