सेल्टा भिगोलाई हराएर रियल शीर्ष स्थानमा

पौष १९,२०७७

-

पुस १९, २०७७ काठमाडौं ।
रियल म्याड्रिडले लयमा रहेको सेल्टा भिगोलाई २-० ले हराएर शनिबार स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । टोलीका लागि स्पेनी खेलाडी जोडी लुकास भाजक्वेज र मार्को एसेनसोले गोल गरे ।
 
यो जितपछि रियलको ३६ अंक भएको छ । छिमेकी एटलेटिको म्याड्रिडमाथि यो एक अंकको अग्रता हो । तर दोस्रो स्थानमा रहेको एटलेटिकोले तीन खेल कम खेलेको छ । एटलेटिको आइतबार एलाभेसको भ्रमणमा निस्कनेछ । शनिबारको अर्को खेलमा रियल भालाडोलिडले गेटाफेलाई १–० ले पराजित गर्‍यो ।