आजदेखि जाडोयाम बिदा, पानी नपर्दा प्रदुषण बढ्यो

फाल्गुण १६,२०७७

-

फागुन १६,२०७७ काठमाडौं ।
यसपालिको जाडोयाम आजदेखि बिदा हुँदैछ ।
 
डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई जाडोयाम मानिन्छ । यसपालिको जाडोयाममा पानी निकै कम परेको छ । 
 
‘जाडोमा पश्चिमी वायुको प्रभावले ल्याएको प्रणालीले वर्षा हुने गर्छ तर यसपालि पानी पार्ने गरी प्रणाली भित्रिन सकेन’ वरिष्ठ मौसमविद् वरुण पौडेलले भन्नुभयो ,पश्चिमी वायु नेपाल प्रवेश नगरेको पनि होइन, पाँचरछ पटकसम्म भित्रियो । तर पानी पार्ने शक्तिशाली प्रणाली भने भित्रिन सकेन । जसका कारण यो हिउँदमा औसतभन्दा निकै कम वर्षा भयो ।’ 
 
यसपालि पश्चिमी वायुको प्रभावका कारण पश्चिमी र सुदूरपश्चिमी क्षेत्रका केही ठाउँमा दुईरतीन पटकसम्म पानी परे पनि अन्य क्षेत्रमा खासै पानी पर्न सकेन । काठमाण्डौमा हिउँद महिनाभरि जम्मा एक पटक मात्रै पानी पर्यो । 
 
यही महिनाको सुरुवाततिर काठमाण्डौ उपत्यकाका केही ठाउँमा जमिन भिज्ने गरी पानी परेको थियो । अन्य केही क्षेत्रमा भने वर्षा हुन सकेन । यसअघि गएको पुस महिनामा फाट्टफुट्ट मात्रै पानी परेको थियो । ‘सामान्यतया हिउँदयाममा काठमाण्डौमा १८ दशमलव सात मिलीमिटर पानी पर्नु पर्थ्यो’ वरिष्ठ मौसमविद् पौडेलले भन्नुभयो ‘यसपालि मात्रै १ दशमलव ३ मिलीमिटर पानी परेको छ ।’ 
 
काठमाण्डौ उपत्यकामा मात्रै होइन यसपालिको हिउँद महिनामा देशभर नै पर्याप्त पानी पर्न सकेन । यस्तै, यसपालि हिमपात पनि राम्रोसँग हुन पाएन । हिउँदयामभरि जम्मा दुई पटक मात्रै हिमपात भएको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
 
पर्याप्त वर्षा र हिमपात नहुँदा यसपालि हिउँदे कृषि बालीमा समेत नोक्सानी भएको छ । हिमाली क्षेत्रमा पाइने जडिबुटीको उत्पादनमा समेत कमि आएको छ ।
 
वर्षा र हिमपात नहुँदा यसपालि देशका धेरै ठाउँमा सुख्खापन र प्रदूषण बढेको छ ।
 
जाडोयाम सकिएसँगै अब बिस्तारै प्रि–मनसुनका गतिविधि सुरु हने मौसमविद्ले बताएका छन् ।
 
बिहान बेलुका केही चिसो भए पनि अब हट्ने मौसमविद्ले बताएका छन् ।