सडक विस्तारको विरोधमा नागरिक अधिकारकर्मी र पीडितहरुको माइतीघरमा प्रदर्शन

फाल्गुण १७,२०७७

-आस्था न्यूज

फागुन १७,२०७७ काठमाडौं ।
गैरन्यायिक सडक विस्तारको विरोधमा नागरिक अधिकारकर्मी र पीडितहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
 
वृहत नागरिक आन्दोलन र सडक विस्तार पीडितहरुको सहभागीतामा आज बिहान माइतीघरमा प्रदर्शन भएको हो ।
 
बालाजु बाइपास, कालिमाटी, लगनखेल-गोदावरी लगायत सडक विस्तारको क्रममा पीडित भएकाहरु प्रदर्शनमा सहभागी छन् । 
 
गैरन्यायिक सडक विस्तारको विरोधमा उत्रिँदा पक्राउ परेका नागरिक अभियन्ताहरुलाई रिहा गर्न पनि उनीहरुले माग गरेका छन् ।
 
सडक विस्तारको नाममा नागरिकलाई सडक छाप बनाइएको भन्दै विरोध प्रदर्शन हुँदै आएको छ ।