सोमबार कोरोनाबाट ८ जनाको मृत्यु, सरकारको ध्यान उद्घाटन र बन्दाबन्दीतिर केन्द्रित

बैशाख ०६,२०७८

-आस्था न्यूज

वैशाख ६,२०७८ काठमाडौं ।
नेपालमा सोमबार थप १ हजार २ सय ८१ जनामा कोरोना पुष्टि भएको छ ।
 
देशभरका विभिन्न प्रयोगशालामा गरिएको सात हजार १ पीसीआर परीक्षणमा १ हजार २ सय २७ र ५ सय ४७ वटा एन्टीजेन परिक्षणका क्रममा थप ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८५ हजार ९ सय पुगेको छ । त्यस्तै, थप ८ जनाको कोरोना कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार ९१ पुगेको छ ।
 
नेपालमा थप २ सय ५५ जना कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा दुई लाख ७५ हजार ५५५ जना संक्रमित निको भएका छन् । हाल नेपालमा सात हजार २५४ जना आइसोलेशन र ८१ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २३ लाख ५२ हजार ५०२ वटा पीसीआर परीक्षण गरिएको छ ।