जीटूजी मार्फत नेपाललाई रासायनिक मल दिन भारत सहमत

बैशाख ०७,२०७८

-

वैशाख ७,२०७८ काठमाडौं ।
नेपालललाई आगामी पाँच वर्षसम्म जीटूजी (सरकार-सरकार) मोडलमा रासायनिक मल उपलब्ध गराउन भारत सहमत भएको छ । 
 
नेपालले दुई देशबीच जीटूजीमा मल खरिदका लागि गरेको प्रस्तावमा भारतले सहमति जनाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
 
भारतले पठाएको जीटूजी मल खरिदको सहमतिको पत्र सोमबार आफ्नो हातमा परेको मन्त्रालयले जनाएको छ ।
 
‘इतिहासमै पहिलो पटक नेपालका लागि पाँच वर्षसम्म रासायनिक मल उपलब्ध गराउन भारत तयार भएको हो । 
 
भारतको सहमतिअनुसार नेपालले प्रतिवर्ष दुई लाख मेट्रिकटन रासायनिक मल भारतबाट खरिद सुनिश्चितता हुने सचिव कार्कीको भनाइ छ । त्यसमा करिब ७० हजार मेट्रिकटन डीएपी र एक लाख ३० हजार मेट्रिकटन हाराहारी युरिया हुने मन्त्रालयले जनाएको छ ।
 
सहमति प्राप्त भए लगत्तै मल खरिदका लागि भारतसँग एमओयूको तयारी थलिएको मन्त्रालयले जनाएको छ । दुई देश बीचको एमओयूपछि नेपालको तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेड र समान स्तरको भारतीय सरकारी निकायबीच सम्झौता गरिने छ। 
 
नेपालले यसअघि २०१३ मा निश्चित परिमाणमा मात्रै मल भारतबाट जीटूजीमा खरिद गरेको थियो ।