सर्वोच्चको एमीकस क्युरीमा वरिष्ठ अधिवक्ताद्वय घिमिरे र केसी आउने

आषाढ ०१,२०७८

-आस्था न्यूज

असार १, २०७८ काठमाडौं ।
सर्वोच्च अदालत बार एसोसिएसनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले माग गरेको एमीकस क्युरीमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाश केसीलाई पठाउने निर्णय गरेको छ । 
 
सर्वोच्च अदालत बार एसोसिएसनको मंगलबारको बैठकले वरिष्ठ अधिवक्ताद्वय घिमिरे र केसीलाई एमीकस क्युरीका लागि सर्वसम्मतिले चयन गरेको हो ।
 
सर्वोच्च अदालत बार एसोसिएसन कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ताद्वय घिमिरे र केसीलाई प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतमा एमीकस क्युरी पठाउने निर्णय गरेको सर्वोच्च अदालत बार एसोसिएसनका सदस्य अनन्तराज लुइँटेलले जानकारी दिए ।
 
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ गरिरहेको संवैधानिक इजलासले जेठ २६ गते सर्वोच्च अदालत बार एशोसिएसन र नेपाल बार एसोसिएसनबाट दुई(दुई जना वरिष्ठ अधिवक्तालाई एमीकस क्युरी झिकाउने आदेश गरेको थियो ।
 
नेपाल बार एसोसिएसनले एमीकस क्युरीका लागि वरिष्ठ अधिवक्ताको नाम टुंगो लगाउन बाँकी छ ।