नेपाल तत्काल देउवा सरकारमा नजाने पक्षमा, सांसदहरु भने जाने पक्षमा

श्रावण १३,२०७८

-आस्था न्यूज

साउन १३,२०७८ काठमाडौं ।
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन उनी पक्षीय सांसदहरूले दबाब दिएका छन् ।
 
बुधबार नेता नेपालसँग छलफलमा जुटेका २२ जना सांसदहरूले वर्तमान देउवा नेतृत्वको सरकारमा आफ्नो समूह सहभागी हुनुपर्ने भन्दै दबाब दिएका हुन् ।
 
छलफलमा सहभागी सांसद मेटमणि चौधरीले आफ्नो समूहका सबै सांसदहरूले सरकारमा सहभागी हुन नेता नेपाललाई सुझाव दिएको बताए ।
 
सरकारमा जानुपर्छ भन्ने सबै सांसदले धारणा राख्नुभयो । तर वरिष्ठ नेता नेपालले हाम्रो कुरा सुन्नु मात्रै भयो । पछि निर्णय गरौंला भन्नुभयो’ चौधरीले  भने, ‘सरकारमा सहभागिताको विषयमा एकमत देखियो ।’
 
एमाले एकता प्रयास जारी रहेकाले वरिष्ठ नेता नेपाल तत्काल सरकारमा नजाने पक्षमा छन् । तर नेपाल पक्षीय कतिपय सांसदहरू भने सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् ।
 
बैठकमा एमाले संसदीय दलको नेता समेत फेर्नुपर्ने माग उठेको थियो ।