कार्यतालिका छोट्याएर महाधिवेशन निर्धारित समयमै गर्ने काँग्रेसको तयारी

श्रावण १९,२०७८

-आस्था न्यूज

साउन १९, २०७८ काठमाडौं ।
नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचन कार्यतालिका छोटो अवधिमै सकेर पूर्वनिर्धारित कार्यतालिकामै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने भएको छ ।
 
वडा, गाउँपालिकारनगरपालिका, प्रदेश, सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशस्तरको अधिवेशनको अन्तर एकरदुई दिन मात्रै राखेर भए पनि समयमै अधिवेशन गरिने काँग्रेसले जनाएको छ । काँग्रेसले भदौ १६ गते १४औँ केन्द्रीय महाधिवेशन शुभारम्भ गर्ने तय गरेको छ ।
 
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विभिन्न तहको अधिवेशन हुने दिनलाई छोट्याएर कार्यतालिका छोटो बनाउने जानकारी दिनुभयो । अब वडा र पालिकास्तरको अधिवेशन सम्भव भएसम्म एकै दिन र नभए एक दिन मात्र फरक गरिनेछ । 
 
यसअघिको कार्यतालिकामा वडा र पालिकास्तरको अधिवेशनमा चार दिनको फरक थियो । यसका साथै जिल्ला र प्रदेशस्तरमा हुने फरक पनि छोट्याइनेछ ।
जिल्लामा पनि प्रदेश निर्वाचन क्षेत्र, सङ्घीय निर्वाचनको क्षेत्र र जिल्ला अधिवेशनमा एकरदुई दिनकै फरकमा गरिनेछ ।
 
स्थानीयस्तरको पार्टीको संरचनाको अधिवेशनमा लाग्ने दिन छोट्याउन सके निर्धारित समयमै अधिवेशन गर्न सकिने विश्वास लिइएको छ ।
 
पार्टीले क्रियाशील सदस्यताका बारेमा देखिएको विवादको किनारा ढिलोमा दुई दिनभित्र टुङ्गो लगाउने भएको छ । मुख्य सचिव पौडेलले शीर्ष नेताहरूले यसमा आवश्यक काम गरिरहनुभएको जानकारी दिँदै ढिलोमा दुई दिनभित्र सबै विवाद समाधान गरिने जानकारी दिनुभयो । 
 
यसअघि बसेको पार्टी पदाधिकारी बैठकले क्रियाशील सदस्यताका बारेमा बाँकी रहेको विवाद मिलाउने जिम्मेवारी शीर्ष नेतालाई दिने निर्णय गरेको थियो । गोरखापत्रमा खबर छ ।