रामेछापको हात्तीटारमा बोलेरो जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

भाद्र ३१,२०७८

-आस्था न्यूज

भदौं ३१, २०७८ काठमाडौं ।
रामेछापको मन्थली नगरपालिका-६ हात्तीटार नजिकै जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
 
काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३-०१-०२३ च ३५१३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा परी एक बालक घाइते भएका छन् ।
 
मृत्यु हुनेमा ओखलढुंगा श्रीतेम्बा गाउँपालिका–६ का अन्दाजी ३४ वर्षीय लाक्पा शेर्पा, उनकी श्रीमती अन्दाजी ३१ वर्षीया फुर्वा शेर्पा र गाडी धनी अन्दाजी ३५ वर्षीय वाङछे शेर्पा रहेका छन् ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको मन्थली प्रहरीले जनाएको छ ।