एमालेको चौतीस जिल्लामा नयाँ नेतृत्व चयन

पौष २६,२०७८

-आस्था न्यूज

पुस २६, २०७८ काठमाडौं । 
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को यही पुस २३ गते ६३ जिल्लामा एकैसाथ सुरु भएको अधिवेशनले ३१ जिल्लामा अध्यक्षसहितको नेतृत्व चयन गरेको छ ।
 
आइतबार साँझसम्म ३४ जिल्ला र दुईवटा विशेष जिल्ला कमिटीले नयाँ नेतृत्व निर्वाचित गरेको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
 
एमाले झापाको अध्यक्षमा दीपक कार्की, पाल्पामा धनेन्द्रराज घिमिरे, दाङमा हुकुमबहादुर बस्नेत र डोल्पाको अध्यक्षमा शेरबहादुर बुढा निर्वाचित हुनुभएको छ । सल्यानमा गोविन्द पुन, बर्दियामा लालबहादुर श्रेष्ठ, बाँके किस्मतबहादुर कक्षपति तथा धादिङको अध्यक्षमा भूमि त्रिपाठी निर्वाचित हुनुभएको सो पार्टीले जनाएको छ । 
 
अर्घाखाँचीको अध्यक्षमा पीताम्बर भुसाल, मोरङ ऋषिकेश पोखरेल, काभ्रे अशोक व्याञ्जू तथा भक्तपुरमा बचन देउजा निर्वाचित हुनुभएको जानकारी रिजालले दिनुभयो । एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा, खोटाङ रामप्रसाद दङ्गाल, सप्तरीमा ताराकान्त चौधरी र तनहुँमा श्रीप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको हो । धनकुटाको अध्यक्षमा इन्द्रमणि पराजुली, रसुवामा कर्णेल लामा र नवलपरासी ९पश्चिम० दीपेन्द्र अधिकारी निर्विरोध चयन हुनुभएको छ ।
 
कपिलवस्तु डम्बर शर्मा, नुवाकोट बद्रीप्रसाद मैनाली, तेह्रथुम तेजमान कन्दङ्वा, रूपन्देही तेजेन्द्र केसी, लमजुङ कृष्णप्रसाद अधिकारी र पाँचथर राजकुमार भण्डारी निर्वाचित हुनुभएको छ । यसैगरी एमाले रामेछापको अध्यक्षमा आनन्द श्रेष्ठ, गोरखा प्रेमबहादुर गुरुङ, मकवानपुर एकलाल श्रेष्ठ र डडेलधुरामा प्रकाश सावद निर्वाचित हुनुभएको छ । 
 
भोजपुरको अध्यक्षमा शरण राई, बैतडीमा सुरेन्द्र पाल, म्याग्दीमा देवेन्द्र केसी, जुम्लामा शान्तिलाल महत र काठमाडौँको अध्यक्षमा दीपक निरौला चयन भएका छन् ।
 
विशेष जिल्ला कमिटीअन्तर्गत मजदुर विशेषको जिल्ला कमिटीको अध्यक्षमा जितेन्द्र श्रेष्ठ र पेसागत विशेषमा उमेश ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ ।