थप १० जनामा कोरोना संक्रमण

बैशाख ०५,२०७९

-आस्था न्यूज

वैशाख ५, २०७९ काठमाडौं ।
देशभर पछिल्लो २४ धन्टामा थप १० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ धन्टामा ४ हजार ६ सय ९१ जनामा कोरोना परिक्षण गर्दा थप १० जना संक्रमित भएका हुन्।
 
पछिल्लो २४ धन्टामा ३४ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै १९ हजार ५ सय २५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
 
हालसम्म देशभर ३५० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।