फोटोसहितको मतदाता नामावली अब अनलाइनबाटै दर्ता गर्न सकिने
-आस्था न्यूज
असार २८, २०७९ काठमाडौं ।
फोटोसहितको मतदाता नामावली अब अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ ।
निर्वाचन आयोगले अनलाइनबाटै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने जनाएको हो ।
आयोगले ‘वेब–बेस्ड भोटर लिस्ट प्रि-रजिष्ट्रेशन सिस्टम’ तयार गरेर पाइलट अपरेशनका रुपमा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरबाट शुरू गर्ने जनाएको छ ।
फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग, नेपालको वेबसाइटमा गई व्यक्तिगत विवरण भर्नुपर्ने आयोगले जनाएको छ ।
‘त्यसपछि जिल्ला निर्वाचन कार्यालय (हाललाई काठमाडौं उपत्यकाका तीन जिल्लामा) अनलाइनबाटै पेश गर्न सकिने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसपछि अनलाइन फाराममा उल्लिखित संकेत नं। सहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्न जानुपर्ने आयोगले जनाएको छ ।
मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले यस अनलाइन सेवाको उपयोग गरी आप्mनो मताधिकार सुनिश्चित गर्न पनि आयोगले अनुरोध गरेको छ ।